सेतो मच्छिन्द्रनाथको रथ यात्रा सुरु

काठमाडौँ: वर्षा र सहकालको देवता सेतो मच्छिन्द्रनाथको रथ यात्रा आज तीनधारा पाठशालाबाट सुरु भएको छ। तीनधारा पाठशालाबाट सुरु भएको रथयात्रा रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्‍याइएको छ। आज रथलाई असनमै राखिनेछ भने भोलि रथलाई हनुमानढोका पुर्‍याइने रथ यात्रा व्यवस्थापन समितिका सदस्य विनोद तुलाधरले जानकारी दिए। सो रथयात्रा बिहीबार लगन पुर्‍याउने कार्यक्रम छ।